मकवानपुरको बागमती गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका सर्केश घलान र उपाध्यक्षमा नेपाली कांग्रेसका फणिन्द्र तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले १२ वैशाखमा स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय बागमतीमा उमेद्वारी दर्ता गराएका हुन् ।

घलान २०७४ मा विजयी पालिका अध्यक्ष हुन भने तिमल्सिना कांग्रेस बागमतिका सभापति हुन् । यस्तै, पालिकाको ९ वटै वडाका वडाध्यक्षहरुले भने आ–आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट बागमती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा यहुना राई, २ मा जनक पहरी, ३ मा कमान सिंह पाख्र्रिन, ४ मा किरण माझी, ५ मा विजय भोलन, ६ मा छेवाङ स्याङ्तान, ७ मा टिकालाल श्रेष्ठ, ८ मा पुर्ण बहादुर थिङ र ९ नम्बरमा अशोक न्यासुरले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेपाली काङ्ग्रेसको तर्फबाट १ नम्बरमा काजीमान ब्लोन, २ मा छविलाल बोम्जन, ३ मा सरोज योञ्जन, ४ मा सोम घिसिङ, ५ मा तिलक माझी, ६ मा मणिराज राई, ७ नम्बरमा उक्तर भोलन, ८ मा शुक्र पाख्रिन र ९ नम्बर वडामा नरबहादुर पुलामीले उम्मेदवारी दर्ता गराएका छन् ।

पालिका प्रेस
थप जानकारी