नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दर्ता गरेको छ ।

एमालेबाट अध्यक्षको लागि हिदम लामा र उपाध्यक्षको लागि पार्वती रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षका उम्मेदवार लामाको प्रस्तावकमा महेश कुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहेकाछन् भने उपाध्यक्ष रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहेका छन् ।

यस्तै एमालेबाट वडा अध्यक्षमा वडा नम्बर १ मा पञ्चमाया स्याङ्तान, २ मा काशिराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे, ५ मा जाहारसिं लामा, ६ मा सीताराम थापा, ७ मा प्रमेश्वर राना मगर, ८ मा विष्णु बहादुर लामा र ९ मा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता गरिएको छ ।

यसअघि,२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष उम्मेदवार लामा र उपाध्यक्ष राना निर्वाचित भएका थिए ।

पालिका प्रेस
थप जानकारी