नेकपा एमालेको हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्त प्रसाद पौडल उम्मेद्वार बन्ने भएका छन । हेटौंडाको उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार बन्ने भएकी छिन् ।

नेकपा एमालेको १० वैशाखमा बसेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । पौडेल वि.सं. २०७० मा गठित तत्कालिन मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचत संविधानसभा सदस्य हुन् भने काफ्ले एमाले मकवानपुरकी सचिवालय सदस्य हुन् ।

यसअघि मकवानुरको हेटौंडा उपमहानगरपालिका नेकपा एमालेले जितेको थियो । ०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट हरि बहादुर महतले २३ हजार १२४ मतसहित विजयी भएका थिए । उमपेयरमा पनि तत्कालिन एमालेबाट मीना कुमारी लामा २३ हजार ४३७ मतसहित विजयी भएकी थिइन् । लामा अहिले नेकपा एसमा आवद्ध छिन् । उनी पनि यस निर्वाचनमा हेटौंडाको मेयरमा उमेद्वारी दिदै छिन् ।

अघिल्लो निर्वाचनमा मेयरका पराजित उमेद्वार नेपाली काँग्रेसका आनन्दराम पराजुलीको २२ हजार ५०९ मत पाएका थिए भने उपमेयरका उमेद्वार बलराम बलले १७ हजार ११ मत पाएका थिए । बल अहिले नेकपा एमालेमा आवद्ध छन् ।

यसअघि ०७४ को निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच हेटौंडामा चुनावी तालमेल भएको थियो ।

पालिका प्रेस
थप जानकारी