सत्ता गठबन्धन थाहानगरको बैठक स्थगित भएको छ । स्थानीय तह निर्वाचनका लागि सत्तागठबन्धन सम्बद्ध दलहरुबीच थाहामा साझा उमेद्वार बनाउने विषयमा २१ चैत विहान ७ बजेका लागि तय भएको बैठक स्थगित भएको हो । अब छलफलबाट अर्को बैठकको मिति तोक्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्रको जिल्लामा बैठक परेको कारण थाहानगर गठबन्धनको बैठक सथगित भएको बताइएको छ । बैठकमा पार्टीका पालिका अध्यक्षहरु र इन्चार्जहरुको अनिवार्य उपस्थिति हुनुपर्ने भएपछी माओवादीकै कारण बैठक हुन नसकेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र थाहानगरको पार्टी कार्यालयमा बैठक हुने भनिएको थियो । गठबन्धनको १९ चैतमा भएको पहिलो बैठकमा सत्ता साँझेदार दलहरुले गठबन्धन सहित थाहानगरमा स्थानीय चुनावमा भाग लिने निर्णय गरेका थिए ।
थाहानगरको गठबन्धनको २१ चैतको बैठकमा आ–आफ्नो पार्टीले पद दाबी गर्ने एजेण्डा रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्