नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।
आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।
हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।
सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्