थाहा जीवन योग प्रयोगशालाको पहलमा थाहानगरको प्रसिद्ध धार्मिक स्थल झम्केश्वर महादेव मन्दिर जाने बाटो तथा मन्दिर परिसर सरसफाइ गरिएको छ । १९ साउनमा योग विज्ञान प्रयोगशालाका योगगुरु देवेन्द्र रुपाखेतीको अगुवाईमा मन्दिर प्रवेश गर्ने प्रवेशद्वार झम्केश्वरी माध्यामिक विद्यालयदेखि मन्दिर परिसर सम्म सरसफाइ गरिएको हो।
सरसफाई कार्यक्रममा अर्चना बाबा धामका भक्तजनहरुको समेत सहभागिता रहेको थियो। ५० जना योग साधकहरुको सहभागितामा बाटो तथा मन्दिर सफाइ गरिएको थाहा जीवन योग प्रयोगशालाका अध्यक्ष बिमल कुमार ढकालले बताए । श्रावण महिनाभर प्रत्यक साता नगरका विभिन्न मन्दिर परिसर सरसफाइ गर्ने योजना रहेको योग गुरु रुपाखेतीले जानकारी दिए।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्