मकवानपुरको पहाडी बस्तीका असहाय, अपाङ्गता र वृद्धवृद्धाले दैलोमा नागरिकता उपलब्ध भएपछि खुसी व्यक्त गरेका छन् । जिल्लास्थित दुर्गम क्षेत्रका बासिन्दा नागरिकताबाट वञ्चित छन् । नागरिकताका लागि वडाबाट सिफारिस नपाउँदा सदरमुकाम नआउने उनीहरू दैलोमै सेवा पाएपछि दंग परेका हुन् ।
राक्सिराङ–९, लैवाङकी ६५ वर्षीया सुकुमाया चेपाङको हातमा मंगलबार नागरिकताको प्रमाणपत्र परेपछि खुसीले गदगद भइन् । सिफारिस लिन जाँदा कागज–पत्र नपुगेको भन्दै वडा कार्यालयले फर्काएपछि उनी घरमै बसेकी थिइन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले नागरिकता दिने टोली गाउँमा आउँदै छ भनेर जानकारी गराएपछि आफू सेवा लिन आएको उनले बताइन् । नागरिकता नहुँदा अहिलेसम्म उनले मतदानसमेत गर्न पाएकी थिइनन् । गाउँपालिकाले ‘घरदैलोमा सेवा पाउने सबैको अधिकार’ रहेको भन्दै ११ चैतदेखि बृहत् एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।
राक्सिराङ–९, डन्टारमा सोमबार आयोजित शिविरमा स्थानीय सुन्तलीमाया परियारले पनि नागरिकता बनाइन् । नागरिकता प्रमाणपत्रका लागि धेरैपटक जिल्ला प्रशासन धाए पनि बनाउन सकेकी थिइनन् । ८ सन्तानकी आमा ५० वर्षीया परियार एकल महिला हुन् । उनले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको हातबाट गाउँमै नागरिकता प्रमाण प्राप्त गरिन् ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्