सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। २४ कार्तिकमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय तथा प्रदेश मन्त्रालयका पाँच सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ। त्यस्तै, बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराललाई अर्थ मन्त्रालयमा राजश्व सचिवका रूपमा पठाइएको छ।
त्यसैगरी, लामो समयदेखि बढुवा भएर पनि पदस्थापन हुन बाँकी रहेका अतिरिक्त सचिव कृष्ण प्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा खटाइएको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव कमल पोखरेललाई भने मन्त्रालयमा फिर्ता (अतिरिक्त) गरिएको छ।
यसैबीच, वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कार्यवाहक (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्