सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले सहकारीसम्बन्धि अध्यादेश ल्याउनेदेखि राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति लगायतका १२ वटा निर्णय गरेको छ।
बैठकले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न गृह मन्त्तालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
त्यस्तै, सम्पत्ति सुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्जुअल मुद्रा प्रयोग, अनुचित लेनदेन खलेमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तीकुमारी चौधरी, आन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू-




















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्