जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीहरूलाई लक्षित गर्दै नागरिक सहायता कक्षबाट निःशुल्क सेवा सुरु गरेको छ। प्रशासनले सेवा शुरु गरेको एकै दिन १४ वैशाखमा फारम निःशुल्क भरी सेवाग्राहीलाई सहजता प्रदान गरेको हो। आज पहिलो दिन ४० जनाभन्दा बढी सेवाग्राहीले निःशुल्क सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
‘जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैंले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम २० नम्वर कोठाबाट हामीले निःशुल्क भरिदिने व्यवस्था गरेका हौँ। यसले नागरिक र प्रशासनबीचको दूरी घटाउने र उहाँहरूलाई सहज हुने विश्वास लिएका छौँ,’ शर्माले भने।
यसअघि सेवाग्राहीले विभिन्न स्टेशनरी, फोटो पसल तथा साइबरहरूबाट शुल्क तिरेर फारम भर्दै आएका थिए। त्यस्तै प्रशासनले टोकन सिस्टमलाई पनि थप व्यवस्थित बनाई विद्युतीय मेसिनरीबाट प्रवाह गर्न सुरु गरेको सहायक प्रजिअ शर्माले बताए। सेवाग्राहीको सहजताको लागि प्रशासनले हुलाक टिकटसमेत उपलब्ध गराउने उनले बताए।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्