थाहा नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । गत आवमा जैविक फोहोरबाट मल र अजैविक फोहोर बिक्रीबाट साढे एक लाख रुपैयाँ आम्दानी गरेको पालिकाले जनाएको छ ।
समुदायलाई परिचालन गरेर उचित ढंगले फोहोरको व्यवस्थापन गर्दै आएकाले आम्दानी हुन थालेको फोहोर व्यवस्थापन शाखा प्रमुख अनिल लामिछानेले बताए । छुट्टै कार्यविधि नै बनाएर स्थानीयलाई अपनत्व हुनेगरी व्यवस्थापन गरिरहेकाले थप लगानी गर्नुनपरेको उनको भनाइ छ ।
नकुहिने फोहोरको उचित व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । नगरबाट दिनहुँ २ हजार ५ सय किलो फोहोर संकलन हुने गर्छ । त्यसमध्ये ४ सय किलो कुहिने फोहोर हुने उनले जनाए ।
सहरीकरणसँगै फोहोरको मात्रा बढेको भन्दै नगरले त्यसलाई घटाउन तालिम आयोजना, डस्टबिन वितरणलगायत कार्यक्रम गरिरहेको छ । दिगो रूपमा फोहर व्यवस्थापन गर्न जग्गा छनोट गरी पूर्वाधार बनाउन लागिएको उनले बताए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्