यही १९ चैत्रदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि मकवानपुरमा परीक्षा केन्द्र तोकिएको छ । एसईईको लागि जिल्लामा २८ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । ४ चैत्रमा एक सूचना जारी गर्दै इकाईले परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

यस वर्ष मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत जनता मा.वि. फापरबारी, बकैया गाउँपालिका अन्तर्गत बुद्ध मावि हात्तीसुडेँ र महेन्द्र मावि छतिवन, थाहा नगरपालिकाको जनकल्याण मावि पालुङ, मत्स्यनारायण मावि सोल्टू तथा बज्रबाराही माविमा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै महेन्द्र मावि भिमफेदी, सरस्वती बालबोधीनी मावि मार्खु, राष्ट्रिय रोटरी मावि मनहरी सुनाचुरी, महेन्द्र किरण माध्यमिक विद्यालय ज्यामिरे मनहरी, महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा–३ बसामाडी, निर्मल माध्यमिक विद्यालय बस्तिपुर, वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक माध्यमिक विद्यालय हेटौंडा–४, ज्ञानदा मावि हेटौंडा–१०, वालज्योती माध्यमिक विद्यालय हेटौंडा–५ पिप्ले, सिद्धार्थ माध्यमिक विद्यालय हेटौंडा–२, भुटनदेवी मावि हेटौंडा–४, जि एस निकेतन हेटौंडा–५, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडा–१०, प्रगती मा वि हेटौंडा–९, जनप्रिय मा वि हेटौंडा–१६, अमर मावि हेटौंडा–१, श्रमीक मावि हेटौंडा–४, चन्द्रोदय मावि हेटौंडा– ८ परीक्षा केन्द्र तोकिएको छ ।

प्रजा जागृति मा वि राक्सिराङ र कैलाश गाउँपालिका–९ नामटारमा रहेको कालिका मावि गरी २८ परीक्षा केन्द्र निर्धारण गरेको छ। श्रमीकमा मकवानपुरका प्रविधिक धारमा पढाइ हुने विद्यालयको मात्र परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यस वर्ष मकवानपुरबाट एसईई परीक्षाको नियमित, ग्रेडबृद्धि र प्राविधिक तर्फ ७ हजार ४ सय ५५ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीका लागि आवेदन फारम भरेको इकाईले जानकारी दिएको छ । नियमिततर्फ ५ हजार ५ सय २७ जना, ग्रेडबृद्धि १ हजार ६ सय ५३ जना र प्राविधिक धारतर्फ २ सय ६३ जना परीक्षार्थीले परीक्षा आवेदन फाराम भरेको बताइएको छ । गत वर्षबाट मकवानपुरको सबै स्थानीय तहमा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ।

पालिका प्रेस
थप जानकारी