मकवानपुरको मनहरी क्षेत्रमा गरिएको बालश्रम अनुगमनका क्रममा ३ जना बालश्रमिक फेला परेका छन्। मनहरी बजारका ८ वटा होटलमा गरिएको निरीक्षणका क्रममा उक्त बालश्रमिकहरू फेला परेको सिविनका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिएका छन् । फेला परेका बालश्रमिकमध्ये जीवन होटलमा कार्यरत ११ वर्षीया बालिका, गुरुङ कोल्डस्टोरमा कार्यरत १५ वर्षीय बालक र सुहिम होटलमा कार्यरत १३ वर्षीय बालक रहेका छन् ।
श्रम तथा रोजगार कार्यालय, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, नेपाल प्रहरी, नगर प्रहरी तथा बाल हेल्पलाइन १०९८ को संयुक्त टोलीले विभिन्न स्थानमा अनुगमन गरेको हो। मनहरी गाउँपालिका–६, लोथर क्षेत्रमा करिब १३ वटा होटलमा गरिएको निरीक्षणमा भने बालश्रम फेला परेन। टोलीका अनुसार त्यहाँका व्यवसायीहरू बालश्रमसम्बन्धी कानुनी व्यवस्था र सचेतनाबारे जानकार देखिएका छन् र बालबालिकालाई श्रमभन्दा शिक्षामा प्राथमिकता दिनुपर्ने विषयमा सचेत छन्।
गुरुङ कोल्डस्टोरमा कार्यरत बालक कक्षा ६ मा अध्ययनरत रहेको र उनकी आमा पनि सोही स्थानमा कार्यरत रहेकाले भविष्यमा श्रममा नराख्ने प्रतिबद्धता जनाएपछि उनलाई आमाकै जिम्मा लगाइएको छ। सुहिम होटलमा कार्यरत १३ वर्षीय बालकलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले विगतको तुलनामा बालश्रम उल्लेख्य रूपमा घटेको बताउँदै लोथर क्षेत्रमा एक जना पनि बालश्रमिक नभेटिनु सकारात्मक संकेत भएको बताइन्।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्