पालिकाले क्षेत्रगत रुपमा विनियोजन गरेको खर्च प्रतिशतका आधारमा तयार गरिएको इन्फोग्राफिक्स । स्रोतः पालिकासंग माग गरिएको सूचना ।

मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७८.८ प्रतिशत वित्तिय प्रगती गरेको जनाएको छ । पालिकाले चालुतर्फ ८८.६४ र पुँजीगततर्फ ६९.४८ प्रतिशत वित्तिय प्रगती भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल १ अर्ब ३ करोड ६० लाख ८५ हजार ६०८ रुपियाँ वार्षिक बजेट रहेकोमा कुल ८१ करोड ६५ लाख १ हजार ७७७ रुपियाँ खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

थाहा नगरपालिकाले उक्त आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीयको विभिन्न स्रोतहरुबाट गरी चालुतर्फ ५० करोड ४२ लाख ७९ हजार ६०८ रुपियाँ विनियोजन गरेकोमा ४४ करोड ६९ लाख ९८ हजार ९५० रुपियाँ खर्च गरेको छ । त्यस्तै पुँजीगतर्फ ५३ करोड १८ लाख ६ हजार विनियोजन भएकोमा ३६ करोड९५ लाख २ हजार ८२७ रुपियाँ खर्च गरेको नगरपालिकाले जनाएको छ ।

थाहानगरले क्षेत्रगत खर्चतर्फ सबैभन्दा बढि कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा खर्च (वित्तिय प्रगती) भएको छ । यस शीर्षकमा विनियोजित १२ करोड २० हजार ४३३ रुपियाँ विनियोजन भएकोमा ११ करोड ५ लाख २४ हजार १७२ अर्थात ९२.०९ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास क्षेत्रमा वित्तिय प्रगती भएको छ । दोस्रो बढि वित्तिय प्रगती भएको क्षेत्र सामाजिक विकासमा हो । यसक्षेत्रमा विनियोजन भएको ३९ करोड ९६ लाख ८ हजार १७५ मा ३४ करोड ३७ लाख ६० हजार ५३८ रुपियाँ अर्थात ८६.०२ प्रतिशत खर्च भएको छ । पालिकाले बजेट विनियोजन गर्ने विभिन्न ५ क्षेत्र मध्ये पूर्वाधार विकासको खर्च तेस्रो स्थानमा रहेको छ । यस क्षेत्रको विकासका लागि विनियोजित ३४ करोड ८४ लाख ८१ हजार विनियोजन भएकोमा २६ करोड ६ लाख ४९ हजार ३७४ रुपियाँ अर्थात ७४.८ प्रतिशत बजेट खर्च भएको छ ।

स्रोतः पालिकासंग माग गरिएको सूचना ।

त्यस्तै कृषि र पर्यटनको नगरको रुपमा परिचित थाहामा विनियोजित बजेट नै पालिकाको औषत खर्च भन्दा १४ प्रतिशत कम खर्च भएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रका लागि १३ करोड ८२ लाख ७ हजार विनियोजन भएकोमा ८ करोड ९५ लाख ६ हजार ४२ रुपियाँ अर्थात ६४.७६ प्रतिशत मात्र खर्च भएको छ । थाहानगरले सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा विनियोजन गरेको बजेट सबैभन्दा कम खर्च प्रतिशत रहेको छ । पालिकाको सुशासन र अन्र सम्बन्धित क्षेत्रको लागि विनियोजन गरेको २ करोड ९७ लाख ६९ हजार मध्ये १ करोड २० लाख ६१ हजार ६५० रुपियाँ मात्र अर्थात ४०.५२ प्रतिशत खर्च भएको छ ।

आम्दानी प्रक्षेपन भन्दा बढि

थाहानगरले आर्थिक वर्ष २०७८/०७९ मा दुई स्रोतको आम्दानी पक्षमपन भन्दा बढि गरेको छ । पालिकाले आन्तरिक आय र राजश्व बाँडफाँडको स्रोतमा बढि आय गरेको नगरपालिकाले जनाएको छ ।

स्रोतः पालिकासंग माग गरिएको सूचना ।

नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदान ४६ करोड ७६ लाख ८३ हजार आय प्रस्ताव गरिएकोमा ४६ करोड ५४ लाख ३७ हजार अर्थात ९९.५२ प्रतिशत आय गरेको पालिकाले जनाएको छ । प्रदेश सरकारबाट ९ करोड ६७ लाख ३४ हजार प्रस्तावित आय अनुमान गरिएकोमा शतप्रतिशत आय भएको छ भने राजश्व बाँडफाँडतर्फ १८ करोड ५३ लाख ३५ हजार आय अनुमान गरिएकोमा १९ करोड २८ लाख ४७ हजार १३३ रुपियाँ अर्थात १०४.५ प्रतिशत आय गरेको छ ।

यसैबीच थाहानगरले आन्तरिक स्रोततर्फ २८ करोड ६३ लाख ३३ हजार ६०८ अनुमान गरेकोमा २९ करोड ५० लाख ७० हजार ७४० रुपियाँ अर्थात प्रस्तावित आयको १०३.०५ प्रतिशत आय गरेको नगरपालिकाले जनाएको छ । यस स्रोत अन्तर्गत गत आर्थिक वर्षको २० करोड ७८ लाख ३९ हजार ६९३ बैंक मौज्दात समेत रहेको पालिकाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले आन्तरिक स्रोततर्फ सम्पत्ति करमा प्रस्तावित आय भन्दा बढि आम्दानी गरेको छ । सम्पत्ति करमा ५० लाख अनुमान गरिएकोमा ५४ लाख ९४ हजार ७३४ रुपियाँ अर्थात १०९ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै मालपोत भूमिकरमा २ करोड १७ लाख ८५ हजार अनुमान प्रस्ताव गरिएकोमा ३ करोड ३९ लाख १० हजार ९५३ रुपियाँ अर्थात १५५ प्रतिशत, अन्य दस्तुरमा २३ लाख ३१ हजार अनुमान प्रस्ताव गरिएकोमा ३६ लाख ५० हजार ९६९ अर्थात १५६.६३ प्रतिशत यथार्थ आय भएको छ । व्यवसाय करमा ७ लाख ६५ हजार अनुमानित आय प्रस्ताव गरिएकोमा ८ लाख ५ हजार ७४६ अर्थात १०५. ३३ प्रतिशत आन्तरिक आय संकलन भएको छ भने अन्य बिक्रीबाट प्राप्त करमा १० हजार अनुमान गरिएकोमा ४६ हजार अर्थात ४६० प्रतिशत आय भएको छ ।

पालिकाले घर बहाल करमा ९२.७५ प्रतिशत, कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा ५०.७१, सिफारिस दस्तुरमा ८८.६९ र अन्य क्षेत्रको आयमा ९४.१२ आय संकलन (प्रगती) भएको छ ।

पालिका प्रेस
थप जानकारी