गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिएका छन् । ‘यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  हार्दिक शुभकामना व्यक्त गर्दछुू उनले सन्देशमा भनेका छन् । आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण  गरेका छन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि होू उनले सन्देशमा भनेका छन् ‘जुन नेपाली जनताको लामो संघर्ष,  बलिदान र अथक प्रयासको देन हो।” ऐतिहासिक जनआन्दोलन २०६२र०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न  बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित  गरेको छ ।

देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरि समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ ।

अभ्यासमा कहिँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था  परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चिन  बाध्य भयो तर आजको युवपुस्तालाई आन्दोलन होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछू उनले सन्देशमा भनेका छन् । हामीले गणतन्त्रको मूल मर्म– जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको उहाँको ठहर छ। “समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि हामी सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्दछू उनको सन्देशमा भनिएको छ ।

नयाँ पुस्तामा निराशाको बादल छाउनु अप्रिय कुरा भएको हुँदा कतै केही कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रनुपर्नेमा उनले सुझाव दिएकाछन् । “परिणाममुखी कार्यहरूमा जोड दिएर युवापुस्ता र आम नागरिकको विश्वास जित्नुपर्दछ, हामी यो र त्यो भनेर घटना परिघटनामा विल्कुल अलमलिनु हुँदैन, इतिहासका  विभिन्न कालखण्डका जनआन्दोलनका सहिदहरूको सहादत, घाइतेहरूको आहत अनि आश्रितहरू र आफन्तको पीडालाई उपेक्षा गर्नु अक्षम्य भूल हुनेछू सन्देशमा उल्लेख छ । बिशेष दिन सबैखाले अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुने दिशामा कोशेढुंगा साबित हुने विश्वास लिएको उनको सन्देशमा उल्लेख छ।

No description available.

पालिका प्रेस
थप जानकारी